गण्डकी सरकारले सुरु गर्याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा
पोखरा, २४ जेठ
गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो ।
योसँगै मिर्गौला राेगबाट पीडित र द्वन्द्व पीडितका परिवारका लागि पनि यो कार्यक्रम लागु गरिएको छ । चालू आर्थिक वर्षमै खर्च हुने गरी नाै करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा नि:शुल्क बिमा कार्यक्रम सुरु गरेकाे मन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।
यसअघि मन्त्रालयले स्वास्थ्य नीति बनाएर जनयुद्ध तथा सबै खालको राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरिसकेको छ । ‘यसअघिका आन्दोलनमा भएका क्षेतिमा सकेसम्म मलम लगाउने प्रयास गरेका छौं,’ मन्त्री अधिकारीले भनिन्, ‘आगामी बजेटमा पनि छुट्टै व्यवस्थापन गर्दैछौं ।’ उनका अनुसार अब सीमान्तकृत र विकट भूगोलका नागरिकलाई स्वास्थ्यमा जोड्ने कार्यक्रम तय गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस