कञ्चनपुरमा दुईवटा साइकल ठोक्किँदा एक जनाको मृत्यु
कञ्चनपुर, २५ जेठ
कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा गएराती दुईओटा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।
घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र बिपरित दिशाबाट आउँदै गरेको साइकल गएराती साढे ११ बजे आपसमा ठोकिएका हुन् ।
अर्का साइकलयात्रीको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस