रसुवामा विद्युत् आपूर्ति बन्द
रसुवा, २५ जेठ
६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठूलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।
विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ ।
६६ केभी लाइनको मर्मत गर्न मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ । त्रिशूली फिडर नम्बर ४ बाट बिहान धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएकोमा ११ केभी प्रसारण लाइनको तार चुँडिएपछि अहिले उक्त क्षेत्रमा पनि समस्या आएको हो ।
अहिले ११ केभी प्रसारण लाइनको मर्मत हुँदै गरेको र केही समयपछि धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा भने विद्युत सेवा सुरु हुने केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस