विपन्न परिवारमा जुम्ल्याहा शिशु जन्मिए, आमा र शिशुको स्याहारमा समस्या
सुन्दरबजार नगरपालिका- ३ च्यानपाटा नजिकैको डाँडागाउँस्थित एक परिवारमा दुई महिनाअघि जन्मिएका जुम्याहा शिशुसँगै आमाको स्याहारसुसार र पोषणमा समस्या भएको छ । डाँडागाउँमा बस्दै आएका शिशुकी सुष्मा र बाबु विजय सुर्खेतीको आर्थिक कमजोर भएका कारण जुम्ल्याहा शिशु र आमाको उचित स्याहारसुसार र पोषणमा समस्या परेको हो ।
दुई महिना घि सुष्माले जुम्ल्याहा छोरा जन्माएकी थिइन्। उनीहरूले आमाको दुध पर्याप्त नआएकाले ल्याक्टोजिन खुवाउँदै आएका थिए । अब उनीहरूसँग भएकाे पैसा सकिएकाेले ल्याक्टाेजिनसम्म खुवाउन नसक्ने अवस्था आएकाे हाे । एक प्याकेट ल्याक्टोजिनको साढे सात सय रुपैयाँ पर्ने र त्यसले दुई बच्चालाई मुस्किलले तीन दिन पुग्ने आमा सुष्माले बताइन । उनका अनुसार बच्चाहरूको पोषणमा मात्रै एक महिनामा करिब साढे सात हजार रुपैयाँ खर्च लाग्छ।
गाउँमै ज्याला मजदुरी गर्दै आएका विजयको सुत्केरीलाई आवश्यकताअनुसार पोषिलो खाना र शिशुहरूलाई दुधजन्य पोषण खुवाउन नसकेको दुःखेसो गरे । बच्चा जन्मिएको भोलिपल्टदेखि नै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएकोमा आफूले जोहो गरिराखेको ५० हजार सकिएकाे बताए । भएकाे रकम सुत्केरी खर्च र उपचारमा सकिएपछि अहिले आमा र बच्चाको स्याहारसुसार र पोषणमा समस्या भएको उनकाे भनाइ छ ।
उनीहरूलाई स्थानीय सहयोग जुटाएर खाना र स्याहारको व्यवस्था गरे पनि पर्याप्त नभएको पूर्वशिक्षक डिल्लीबहादुर रम्तेल बताउँछन् । स्थानीयले पाँच हजार रुपैयाँ सहयोग गरेकोमा त्यसले केहीदिन खानाको व्यवस्था भएको उनी बताउँछन्।
दोर्दी गाउँपालिकाको श्रीमञ्ज्याङस्थित आफन्तहरूले पनि सहयोग जुटाएर केहीदिन अघि १२ हजार रुपैयाँ दिएको शिशुका बाबुले बताए । यस्तै सहयोगले अहिलेसम्म जसोतसो सुत्केरी श्रीमती र छोराहरूलाई ल्याक्टोजिन खुवाउँदै आएको उनले बताए । सात महिनामै जन्मिएकाले जुम्ल्याहा बच्चालाई जोगाउन अझै बढी स्याहार सुसार गर्नुपर्ने आमा सुस्माले बताउँछिन् ।
बेँसीशहर नगरपालिका- ६ सारिङ स्थायी घर भएका विजयले तनहुँ पुर्कोटकी सुष्मासँग विवाह गरेको र अहिले डाँडागाउँस्थित खिमबहादुर मजाकोटीको खाली घरमा बसिरहेका छन् ।
क्याटेगोरी : गाँउघर, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस