मुगुमा औषधि पुग्दैन, झारफुकको भरमा बिरामी
खड्क सुनार
मुगु, २७ जेठ
मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ को मुगु स्वास्थ्य चौकीमा औषधि समयमै नपुग्दा त्यहाका स्थानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा औषधि नहुँदा कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा त्यहाँका स्थानीय परम्परागत धार्मिक आस्था झारफुवको भरमा बिरामीलाई उपचार गर्न बाध्य हुने गरेका छन् ।
मुगु स्वास्थ्य चौकीमा स्थानीय सरकारबाट सिनियर अहेब र अनमी गरी दुई जनाको दरबन्दी भए पनि स्वास्थ्कर्मी नियमित स्वास्थ्य सस्थामा नबस्दा गाउँमा कोही बिरामी पर्दा सिटामोलसमेत पाउँदैनन् भने बिरामी झारपुक र झाँक्रीको भरमा बस्ने गरेका हुन् ।
४०० घर परिवार रहेको मुगु गाउँमा लामा, तामाङ र दलित समुदायका मानिसहरु बस्दै आएका छन् । स्वास्थ्य चौकीमा नियमित रुपमा स्वास्थ्यकर्मी नबस्दा स्वास्थ्य संस्थामा रहेका लाखौँ मूल्यका भवनहरुमा माकुराको जालो लाग्न थालेकाे छ ।
यहाँका स्थानीयलाई बिरामी पर्दा सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगु र जुम्ला, जानुपरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउने प्रयासमा रहेकाे मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र रावलले बताए ।
क्याटेगोरी : हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस