अविभावकले यी कुरामा ख्याल राखे बालबालिकाहरुलाई कुलतमा फस्न बाट बचाउन सकिन्छ
अहिलेको समयमा बालबालिकाहरु कुलतमा धेरै फसेको र त्यसबाट निस्कन नसकेको अवस्था देखिरहेका छौ । तर के हामीले यो कुरा ख्याल गरेका छौ कि उनीहरु किन कुलतमा फसिरहेका छन, किन उनीहरु गलत बाटोमा हिडिरहेका छन्, किन बिग्रिन्छन् केटाकेटीहरु ? हामी सधै केटाकेटीहरु कुलतमा फसे भने उनीहरुलाई गाली गर्ने वा कुट्ने पिट्ने गर्छौ । तर के यो समस्याको समाधान हो त ? आखिर कहाँ कसको गल्ति भईरहेको छ र यसरी केटाकेटीहरु कुलतमा फसिरहेका छन् । आज हामी यहि बिषयमा कुरा गर्ने छौ ।
कोहि पनि जन्मिदै खराब भएर जन्मिदैन । किनकि केटाकेटीहरु भनेको एउटा खाली भाडो हो, जसमा हामीले जे भर्न चाह्यौ त्यहि भर्न सक्छौ । त्यसैले एउटा बच्चाले आफ्नो घरपरिवारको क्रियाकलाप बाट ९० प्रतिशत नक्कल गर्न सिक्दछ । आफ्नो आमाले के गरिरहेकी छिन र बाबाले के गरिरहनु भएको छ, यस्ता कुराहरुले पनि एउटा बच्चामा धेरै फरक आउने गर्दछ । यदि घरमा आमाबुबाको झगडा हुने गर्छ भने याद गर्नुहोस, तपाईको झगडाको कारणले पनि एउटाको बच्चाको खुसी नष्ट भईरहेको हुन्छ ।
एउटा बच्चालाई कस्तो बाटोमा हिडाउने भन्ने कुरा आफ्नो आमाबाबुमै भर पर्दछ । यदि तपाईले आफ्नो बच्चालाई समय नै दिन सक्नुहुन्न भने सोच्नुहोस त त्यो बच्चा अब कसलाई हेरेर अगाडी बढ्छ ? दुर्भाग्यबस ऊ गलत संगतमा फस्ने नै गर्दछ । किनकि उसलाई के सहि के गलत भनेर छुट्याउन सिकाउने तपाई आमाबाबुनै आफ्नो बच्चालाई समय दिन सक्नुहुन्न भने बच्चा त अवश्य पनि गलत संगतमा लाग्ने गर्दछ । अब भन्नुहोस केटाकेटीहरु गलत बाटोमा हिड्नु कसको गल्ति हो ?
केटाकेटीहरु कुलतमा फस्नुको मुख्य र प्रमुख कारण भनेको आमाबाबुले आफ्नो केटाकेटीहरुलाई समय नै दिन नसक्नु हो । त्यसैले तपाइँ जतिनै व्यस्त किन नहुनुहोस्, आफ्नो बच्चालाई समय दिने गर्नुहोस । र अर्को कुरा, अस्तव्यस्त होइन मात्र व्यस्त रहनुहोस् । जीवनमा जतिनै दुख गरे पनि मरेपछि तपाइले केहि लैजान पाउनुहुन्न । होला सायद, आफ्नो सन्तानको लागी तपाई दुख गरिरहनु भएको छ तर सन्तानलाई समय दिएर राम्रो बाटोमा लैजान सक्नुभएक भने तपाइले गरेको दुखको पनि के अर्थ रह्यो ?
लागुऔषध प्रयोग गर्ने ३३ प्रतिशत प्लस टु पढ्नेहरु छन् । जसको अभिभावकहरुलेनै आफ्नो छोराछोरीहरु प्रति कुनै चासो देखाउदैनन । उनीहरुको क्रियाकलाप प्रति कुनै वास्ता नै छैन । त्यसैले कलेज पढ्ने बिधार्थीहरु लहैलहैमा लागेर कुलतमा फस्ने गर्दछन । यो आर्टिकल पढ़िसके पछी तपाईले पक्कै पनि आफ्नो छोराछोरीलाई समय दिने गर्नुहुन्छ । किनकि तपाईहरुनै हो आफ्नो छूराछोरीलाइ कस्तो बाटोमा हिडाउने भन्ने व्यक्ति ।
केटाकेटीहरुलाई कुलतबाट कसरी टाढा राख्ने ?
१. बिधालय कलेज सम्मका क्रियाकलापहरुमा रेखदेख गर्ने ।
२. अनावाश्यक खर्चमा नियन्त्रण गर्ने ।
३. छोराछोरी तथा कलेज संग नियमित सम्पर्कमा रहने ।
४. छोराछोरीलाई होस्टेलमा राख्नु भन्दा घरमै पढ्ने वातावारण बनाउने ।
५. अनावश्यक सामाग्रीहरु किन्नमा नियन्त्रण गर्ने ।
६. छोराछोरी सुत्ने/बस्ने कोठा नियमित चेकजाँच गर्ने ।
७. छोराछोरीले बोकेको पर्स अथवा झोला जाच्ने वा हेर्ने ।
८. साथीहरु संगको सम्बन्ध अथवा संगतको बारेमा सोधपुछ गर्ने ।
९. पारिवारिक अथवा पढाइको तनाबबाट मुक्त राख्ने ।
१०. मदिरा वा चुरोट पिउने विषयका बारेमा जानकारी लिने ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस