धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु
धादिङ, ३ असार
धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो ।
संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालले जानकारी दिए ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस