ऋतिक रोशनकी हजुरआमा पद्मा रानीको निधन
बलिउड अभिनेता ऋतिक रोशनकी हजुरआमा पद्मा रानी ओम प्रकाशको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा मुम्बईमा अन्तिम सास लिइन् ।
पद्मा लामो समयदेखि उमेर सम्बन्धी समस्याका कारण बिरामी थिइन् । उनको बिहीबार करिब तीन बजे सुतेकै अवस्थामा मृत्यु भएको हो । उनको अन्तिम संस्कार मुम्बईको विले पार्ले श्मशान गृहमा गरिएको थियो ।
उनी प्रसिद्ध निर्माता तथा निर्देशक स्वर्गीय जे ओम प्रकाशकी पत्नी थिइन् । जे ओम प्रकाशले फिल्म ‘आप की कसम’ बाट निर्देशनमा डेब्यू गरेका थिए । उनको ७ अगस्ट २०१९ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।
जे ओमप्रकाशको निधनपछि पद्मा आफ्नी छोरी पिंकी रोशन र उनको परिवारसँग उनको घरमा बस्थिन् । पिंकीले प्रायः आफ्नी आमासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्छिन् । ऋतिक आफ्ना मामा हजुरआमा र हजुरआमा दुवैको धेरै नजिक थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस