इन्डिगोको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण
नयाँ दिल्ली, ६ असार
गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा चरा ठोकिएको छ । आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएकाे थियो ।
अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो । ‘गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ ।
एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घटना हो । आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठोकिएपछि आगो लागेको थियो । आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस