• जीवनशैली | Jiwanshaili
  • सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी


    भक्तपुर, ११ असार

    भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको छ । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा बृहत् निःशुल्क स्वास्थ्य सेवा शिविरका साथै प्रदर्शनी गरिएको हो ।

    क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो ।

    शिविरमा सहभागी जनरल फिजिसियन डा. सुजिता वैद्यले स्वास्थ्य सेवाबारे जानकारी दिएका थिए । उनका अनुसार शिविरमा सेवा लिन आएका अधिकांश व्यक्तिमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकामा ज्वरो तथा खोकीको समस्या देखिएको थियो ।

    शिविरमा दन्त विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा परामर्श प्रदान गरिएको थियो ।


    क्याटेगोरी : हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस


    थप समाचार