दुई वटा विहारहरुको शिलान्यास
भक्तपुर, १३ असार
भक्तपुरको इनाचोस्थित मुनि विहारबाट एक हप्ताका लागि हिँडेको भिक्षु भन्टेहरुको भ्रमण टोली दुई वटा विहारहरुको शिलान्यास गरी भक्तपुर फर्केको छ ।
भिक्षु विपस्वी महास्थवीरको नेतृत्वमा गएको टोलीले लुम्विनी र कपिलवस्तुको बाणगंगा नगरपालिकामा गरी दुई वटा बुद्ध विहारहरु शिलान्यास गरी भक्तपुर फर्केको हो । दुवै विहारको भिक्षु विपस्वी महास्थवीरले शिलान्यास गरेका गरेको हो ।
टोली भक्तपुरबाट सुरुमा लुम्विनी पुगेको थियो । त्यहाबाट टोलीले विभिन्न जिल्लाहरुको भ्रमण गरेको थियो । भ्रमणको क्रममा विहार शिलान्यास गर्नुका साथै भिक्षाटन, गोष्ठी, विचारबिमर्श, पुरातात्विक क्षेत्रहरुको भ्रमण गरेको थियो ।
भ्रमण टोलीको नेतृत्व भिक्षु विपस्वी महास्थवीरले गरेका थिए । यसको व्यवस्थापन मुनि विहारका सचिव शिवप्रसाद बालाले गरेका थिए । संयोजन भने समाजसेवी डा इन्दुल केसीले गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस