काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम
काठमाडौं, १४ असार
काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई यसवर्षबाट स्नातकोत्तर तहमा विस्तार गरिएको हो ।
काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए ।
आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा सञ्चालित एक पृथक कार्यक्रम भएको उनले जनाए ।
स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।
यस दुई बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् ।
तर, प्रथम बर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस