• जीवनशैली | Jiwanshaili
  • आज गाईजात्रा


    काठमाडौं, २७ साउन

    आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ ।

    काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।

    यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो  ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस