• जीवनशैली | Jiwanshaili
  • सुनको भाउ बढ्याे, हेर्नुहाेस् कति पुग्याे ?


    बुधबार सुनको भाउ १०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस