• जीवनशैली | Jiwanshaili
  • दाङमा १७ वर्षीया किशोरी बलात्कृत


    दाङ, १५ असार

    दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    सोही ठाउँको बिजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उत्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस