पाँचथर पहिरो अपडेट: वेपत्ता मध्ये २ काे शव फेला, खोजीकार्य जारी
पाँचथर, १८ असार
पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रूपलाल र अर्का १ जनाको शव फेला परेको हो
शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका छन् भने मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको छ ।
बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखि नै भएको तर बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ। बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको छ ।
यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस