• जीवनशैली | Jiwanshaili
  • पहिरो खस्दा घर र चौपाय पुरियो 


    खोटाङ, १८ असार

    भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए ।

    पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंसीलाई भने पहिरोबाट उद्धार गरेर निकालिएको छ । बहर गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए ।

    सडकबाट खसेको पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको छ । पहिलोभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस