• जीवनशैली | Jiwanshaili
  • दाङमा टेम्पोको ठक्करबाट एक जनाको मृत्यु


    दाङ, २० असार

    दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् ।

    टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस