• जीवनशैली | Jiwanshaili
  • भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या


    काठमाडौं, २० असार

    काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् ।

    दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् ।

    उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस