सुकुटे घुम्न आएकी युवती बलात्कृत, तीन जना पक्राउ
सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरू २६ की महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकी युवती आराम गर्न दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
आरोपीहरू भने एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस