फेरि बढ्याे पेट्राेलको मूल्य
सरकारले इन्धनको मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।
एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस