विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा
अछाम, २१ असार
विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन भनिएकाे छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ।
मृतक विनोद शाहीको न्यायको लागि भन्दै साेमबार ५ दलिय गठनबन्धनले गरेको आन्दोलनले उग्र रुप लिदा १३ सुरक्षाकर्मी घाइते भएका थिए । जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले प्रकाउ गरि अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस