ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु
सर्लाही, २२ असार
आफ्नै घरकाे ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।
ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।
घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस