सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि…
अर्घाखाँची, २२ असार
शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ । साबिककाे सिद्धारा गाबिसकाे पाँकुरी, देउराली, ठाडाखाेला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेकाे हाे । गाउँ पुगेकाे बिजुली बत्तीकाे स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले गरे ।
विश्व बैंककाे सहयाेगमा सञ्चालन भइरहेकाे बिजुली विस्तारअन्तर्गत शितगंगाकाे बिकट गाउँमा बिजुली पुगेकाे हाे । गाउँमा पहिलाे पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलाे चर०ामा यहाँका एक सय ६० घरमा बिजुली पुगेकाे हाे ।
कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि छनाेट गर्न सके विकास निर्माणाले गति लिने बताए ।
प्रदेशसभा सदस्य रामजी घिमिरेले शितगंगा नगरपालपकाकाे बिकट भनेर चिनिने सिद्धाराकाे बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेकाे बताए ।
क्याटेगोरी : गाँउघर, ताजा अपडेट, विकास, समाचार, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस