विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
काठमाडौं, २२ असार
काठमाडौं, सर्लाही, दाङ, पाल्पा र कपिलवस्तुमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पाको रामपुर नगरपालिका–७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका–५ बस्ने स्याङ्जा चापाकोट हिलेमराङ स्थायी ठेगाना भएका ६९ वर्षीय भुवन दमाई मंगलबार मृत अवस्था फेला परेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी करिब ५३ वर्षीया माया बाई मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ सानो बटहनियास्थित जंगलमा हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
सबै घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस