• जीवनशैली | Jiwanshaili
  • ‘युवाको बुझाइमा संस्कृति–२०२२’ शिर्षकमा वक्तिृत्वकला  प्रतियोगितामा


    ‘युवाको बुझाइमा संस्कृति–२०२२’ (कल्चर थ्रो द आइज अफ यूथ–२०२२) शिर्षकमा भएकाे वक्तिृत्वकला  प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रतिशा जोशी प्रथम भएकी छिन् ।
    दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी वक्तिृत्वकला प्रतियोगितामा  बुढानीलकण्ठ स्कुलका दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत प्रेरणा थापा तृतीय भएका छन् ।
    यस्तै प्रतियोगितामा नाइटिंगेल इन्टरनेशनल एकेडेमीका ग्रेसी न्यौपाने  र साउथवेस्टर्न स्टेट कलेजका सहारा सुबेदीले सान्त्वना स्थान हासिल गरेका छन् । साथै प्रतियोगितामा  आश्विन अधिकारी र श्री त्रिनगर मा. वि., धनगढी, कैलालीका बमबहादुर विश्वकर्माले विशेष पुरस्कार हासिल गरेका छन् ।

    तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस