विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं, २३ असार
मकवानपुर, सिरहा र बाँकेबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेबाट करिब ६ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक विजयलाई पक्राउ गरेको हो ।
सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले ६ सय नियन्त्रित लागूऔषध नाइट्राजेपाम र करिब १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१० बस्ने २५ वर्षीय नरेश कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपलिका–११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राई छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस