• जीवनशैली | Jiwanshaili
  • अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ


    रूपन्देही, २३ असार

    लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

    यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस