दलित महिला सदस्य मृत फेला
खोटाङ, २३ असार
रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् ।
मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
हजुरबाको मरण भएको कान्छा काकाको घरमा बुधबार राति बुबाआमा गएपछि मेनुजा र दुई छोरीसहित माइतीमै सुतेका थिए । रातको २ बजे पिसाब फेर्न गएर आएपछि सुतेकी उनी घरमै मृत अवस्थामा फेला परेको वडा सदस्य महेश श्रेष्ठले बताए ।
श्रीमान भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएपछि उनी दुई छोरीसहित घर सम्हाल्दै आएकी थिइन् । मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्ने गरेकाे रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।
मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्राे पटक विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी उमेश लम्सालले बताए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रसेर राई बिहीबार बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस