६० वर्ष भन्दामाथिका नागरिकलाई खर्कमै पुगेर आयुर्वेदिक शिविर सञ्चालन
सुरेस परियार
हुम्ला, २४ असार
हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ को खगालगाउँका ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई खर्कामा अर्कमै पुगेर निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीले बताए ।
ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको शिविरमा १०९ जना ज्येष्ठ नागरिकलाई उपचार गरिएका आयुर्वेद स्वास्थ्य कार्यालय हुम्लाको स्रोतले जानकारी दिएको छ ।
आयुर्वेद स्वास्थ्य शिविरमा विशेष गरी बाथ, दम, अम्मलपित्त, छालाको रोग, ज्वरो आउने र दिसा पिसाब सम्बन्धीका बिरामीको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त जोशीले बताए ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँको खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको शिविरमा निःशुल्क वितरण गरिएका औषधिमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, च्यवनप्रास अवलेह, मायोष्टाइल जेल, कैशोर गुग्गुलु, चन्द्रप्रभा वटी, शिलाजित, ज्येष्ठवासादी चूर्ण, कासारिन, माधुरी सिरप, मृगमदासव, सितोपलादि चूर्ण, ईम्युनोकेयर र महासुदर्शन चूर्ण रहेका छन् ।
हुम्लामा पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेका बेला केन्द्रको आयोजनामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर गाउँका ज्येष्ठ नागरिकलाई खर्कमै पुगेर उपचार गरिएको हो ।
क्याटेगोरी : हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस