• जीवनशैली | Jiwanshaili
  • ठमेलको एक होटलमा २६ वर्षीया महिला बलात्कृत


    काठमाडौं, २४ असार

    काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् ।

    ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ ।

    काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस