नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने
काठमाडौं, २४ असार
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ ।
यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ ।
प्रचलित कानुनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर बालिकको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्थासहित समितिले निर्णय गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।
साथै थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा थुनामुक्त भएपछि तीन महिना नाघेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद राख्ने निर्णय गरेको छ । अपहरणमुक्त वा थुनामुक्त भएको तीन औषधि उपचार गर्नका लागि समयसमेत दिने र त्यसपछिको तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने सभापति सभापति पोखरेलको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस