पोखरीमा डुबेर सदाको मृत्यु
फाइल तस्बिर
सप्तरी, २८ असार
सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ मुसहरी टोलका एक युवकको पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा लुराई सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेका छन् ।
घरबाट तेल लिन निस्केको सदाको शव पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीयले पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा देखेपछि शवलाई पोखरीबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।
पोखरीमा डुब्नुअघि सदाले मादक पदार्थ सेवन गरेको पाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस