१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं, २८ असार
बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो । १८–१९ मा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।
किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस