कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलाली, २९ असार
कैलालीको गौरीगंगा नगरपालिका–९ मा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल र से ७ प ११४७ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका ११४७ नम्बरका मोटरसाइकल चालक कैलालीकै कैलारी गाउँपालिका–८ का २२ वर्षीय राम अपतार कठरियाको उपचारको क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका अर्का मोटरसाइकल चालक सहित तीन जनालाई उपचारको लागि विभिन्न अस्पताल पठाइएको छ ।
घाइते मध्ये ११४७ नम्बरको मोटरसाइकल पछाडि सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस