• जीवनशैली | Jiwanshaili
  • कुखुरा बाेकेकाे जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे


    मुगु, ३० असार

    मुगुमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल नजिकैकाे हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।

    जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

    नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेकाे थियाे ।


    क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस