विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
काठमाडौं, ३० असार
काठमाडौं, डोटी, गोरखा र रुपन्देहीमा चार जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन् ।
हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो ।
डोटीको पुर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
गोरखाको गोरखा नगरपालिका–८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शिवचोकस्थित सडक किनारामा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस