दुबई पठाइदिन्छु भनि ठगी, एक जना पक्राउ
काठमाडौं, ३० असार
दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलोभन देखाई दुई जना पीडितबाट उनले ११ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।
रकम लिएपछि सम्पर्क विहिन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ वसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस