बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु
file photo
काठमाडौं, ५ साउन
बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो ।
पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्याङजाको गल्याङ नगरपालिका–६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार मृत्यु भएको छ ।
सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र डुबेर अशक्त भएकी थिइन् । उनीहरुलाई तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस