बर्षा र गर्मीका कारण बिरामी बालबालिकाको संख्या बढ्दो
लमजुङ ,६ साउन
जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका विरामी बढेका छन् ।
वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने विरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने विरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालवालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालवालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तंथ्याक छ । उनिहरुमा वढि मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासिको समस्या देखिएको छ ।
वर्षा हुदाँ केहि चिसो वर्षा नहुँदा अत्यधिक गर्मिका कारण र खानपानमा ध्यान नदिदा बालवालिकामा वढी मात्रा मौसमि स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाई छ ।
यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरीर पिउन चिकित्सकको सुझाव छ ।
लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस