• जीवनशैली | Jiwanshaili
  • एक महिला र बालकको भीरबाट लडेर मृत्यु


    सिन्धुपाल्चोक, ९ साउन

    सिन्धुपाल्चोकमा माइत हिँडेकी एक महिला र एक बालकको भीरबाट लडेर ज्यान गएको छ ।

    चौतारा साँगाचोकगढी सानोसिरुबारी घर भएकी गोमा धिताल मेलम्ची ११ बस्ने बहिनीका छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट लडेका हुन् ।

    उनीहरू इन्द्रावती गाउँपालिका कोइरालाटारको भीरबाट खसेर इन्द्रवाती नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरूको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।


    क्याटेगोरी : गाँउघर

    प्रतिक्रिया दिनुहोस