• जीवनशैली | Jiwanshaili
  • पूर्वी तराईमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील


    काठमाडौं, ११ साउन
    पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

    ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस