मूल्यवृद्धिविरूद्ध थाल ठटाएर प्रदर्शन (फाेटाेफिचर)
यसै गरी नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले थाल ठटाउँदै जुलुस प्रदर्शन गरेको छ । नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाले बुधबार दिक्तलबजारमा थाल ठटाउँदै जुलुस निकालेको हो ।
प्रतिनिधि सभाले गत शुक्रबार ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि राप्रपाले विरोध प्रदर्शन गरेको हो । विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनर्विचार गर्नुपर्ने राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले ‘नागरिकता विधेयक खारेजी गर, बढ्दो महँगी नियन्त्रण गर, राष्ट्रहित विपरीत सन्धि सम्झौता खारेजी गर’ लेखिएको वानरसहित जुलुस निकालेका थिए । पार्टी कार्यालयदेखि सुरु भएको जुलुस त्रिबेणीचोक पुगेर कोणसभामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपाका अध्यक्ष राई, नगर कमिटी अध्यक्ष चन्द्रकुमारी राई तारा र प्रजातान्त्रिक महिला संगठनका संयोजक टिका खत्रीले सम्बोधन गरेका थिए ।
राप्रपाले भ्रष्टाचार र महँगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलब्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउन, अतिक्रमित भूमि फिर्ता गर्न, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दै आएको छ ।

क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस