पहिरोले बेनी–जोमसोम,अरनिको राजमार्ग अवरुद्ध,नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग एकतर्फी संचालनमा
म्याग्दी, १६ साउन
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ ।
पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।
अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ ।
सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
अविरल बर्षका कारण आइतवार राती झरेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।
सो सडक खण्ड अन्तर्गतको भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित आइतवार राती खसेको पहिरो पन्छाए पछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।
तयारी अवस्थामा रहेका दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइए पछि सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छ्याइएको छ ।
पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् ।
पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फि सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस