• जीवनशैली | Jiwanshaili
  • काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला


    काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

    मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ ।

    प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको र घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको प्रवक्ता राईले बताउनुभयो ।

    घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पुगेको छ ।

    घटनाको थप विवरण आउन बाँकी छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस