यी १७ सरकारी अस्पतालमा पाइनेछ कोरोनाको निःशुल्क उपचार
काठमाडौं, १६ साउन
सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । यस्तै, भरतपुर अस्पताल चितवनले पनि कोभिडका बिरामीको नि:शुल्क उपचार गर्नेछ ।
प्रदेश १मा विराटनगरस्थित कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नेछन् ।
मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बागलुङको धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तोकिएका छन् ।
सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल, डडेल्धुरालाई निःशुल्क उपचार हुने अस्तपताल तोकिएको छ । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि अस्पताल तोकेको हो । नेपालमा कोरोना संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस