• जीवनशैली | Jiwanshaili
  • नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, आवागमन पुर्णरुपमा अवरुद्ध


    चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएका कारण सोमबार रातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ ।

    भरतपुर महानगरपालिका–२९ केराबारी, १७ किलो र ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको र पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस