सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने
मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सातदिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।
सूचनामा भनिएको छ, ‘बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउन हुन र अन्यथा नियमानुसार हुने व्यहोरा अनुरोध छ ।’
बेलहिया लगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न याेजनाहरूको निर्माण र संचालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए ।
‘बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् । तर, स्थान पर्यटकमैत्री छैन . जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ नगर प्रमुख खानले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तर्गतप्रकिया अघि बढाइएको हो ।’
सडक क्षेत्रको अतिक्रमण हटाएर विकासका योेजनाहरू सञ्चालन गरिने उनको भनाइ छ । बेलहियास्थित हाल बस स्टेशन रहेको स्थानमा ६ तले अन्डरग्राउन्ड पार्किङसहितको व्यावसायिक भवन बनाउने नगरपालिकाको योजना छ । जसमा अन्डरग्राउन्ड पार्किङमा सार्वजनिक बस, ट्याक्सीहरू पार्क हुनेछन् भने अन्य तलाहरूमा कृषि, रेष्टुरेन्ट लगायत संचालन हुनेछन् ।
सौन्दर्यकरणका लागि बेलहियामा सरसफाइसमेत थालिएको नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : पर्यटन
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस