ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ (फोटो फिचर)
माथि टोपी खस्ने अक्करे भीर । तल सलल… बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरकाे बाटाे हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ । सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन । त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटाे कसैका लागि रमाईलो छ भने कसैकाे बाध्यता हाे। थोरै हाेस गुमाए सिँधै ब्रम्हायणी नदिमा। याे हाे जुगल गाउँपालिका-३ मा रहेको ल्हाक्याप भीर ।

क्याटेगोरी : पर्यटन, फिचर, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस