देशका विभिन्न ठाउँमा पहिरो, यी सडक खण्ड अवरूद्ध
बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ ।
पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो ।
पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ ।
पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।
चितवनको भरतपुर महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ ।
पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ ।
गएरातीदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ ।
बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।
धादिङको निमार्णाधिन सुरुङमार्ग नजिकै पहिरो खसेको छ ।
पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ ।
पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो जाँदा सयौं सवारी साधान रोकिन पुगेका छन् ।
भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुन: पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन ।
पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ति भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरुलाई खानपिन, शौंचलगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधवार राति साढे २ बजेतिर मौरी खोला पुलमा फेरी पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ । उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी खुलाइएको थियो । तर, लगत्तै बुधवार राती पनि सोही ठाउँमा पहिरो गएका कारण सयौं सवारी साधान रोकिन पुगेका छन ।
बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन ।
पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ ।
सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको एक सय मिटरभन्दा लामो बाँध कोशी नदीले भत्काइदिएको छ ।
केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिनासम्म बसेर निर्माण गरेको बाँधलाई बुधबार बिहान भत्काएर कोशी मानव बस्तीतर्फ पसेको छ । कोशी मानव बस्तीतर्फ पसेपछि तटीय क्षेत्रका बासिन्दालाई नगरपालिकाले सुरक्षित स्थानतर्फ जान अनुरोध गरिरहेको छ ।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार एक महिनासम्म लगाएर निमार्ण गरिएको बाँधसमेत फुटाएर मानव बस्तीतर्फ कोशी लागेपछि २० हजारभन्दा बढी स्थानियवासी प्रभावित भएका छन् ।
डुम्रेबोटे पश्चिमतर्फवाट पसेको कोशीको बाढीले उदयपुरसहित सुनसरीको बराह क्षेत्र, सप्तरीका मानव बस्ती पनि उच्च जोखिममा परेको भन्दै सुरक्षितस्थानतर्फ जान सर्वसाधारणलाई सूचना जारी गरिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस